कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पुगेको छ।
गएराति सनराइजर्स हैदरावादमाथि सहज जित निकाल्दै कोलकाताले फाइनलमा स्थान पक्का गरेको हो।
अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हैदरावादले दिएको १६० रनको लक्ष्य कोलकाताल २ विकेट मात्र गुमाएर १३.४ ओभरमै पार गर्यो।
त्यस क्रममा वेंकटेश ऐयर र कप्तान श्रीयास ऐयर अर्धशतक बनाउँदै नट आउट रहे।
वेंकटेशले २८ बलमा ५ चौका र ४ छक्का प्रहार गरी ५१ रन बनाउँदा कप्तान श्रीयासले २४ बलमा ५ चौका र ४ छक्का प्रहार गरी ५८ रन जोडे।
त्यसअघि ओपनर रमनउल्लाह गुर्बाजले १४ बलमा २ चौका र २ छक्का प्रहार गरी २३ रन बनाए।
अर्का ओपनर सुनिल नारायणले १६ बलमा ४ चौका प्रहार गरी २१ रन जोडे।
बलिङतर्फ हैदरावादका प्याट कमिन्स र नटराजनले १/१ विकेट लिए।
पहिले ब्याटिङ गरेको हैदरावादले १९.३ ओभरमा अल आउट हुँदै १५९ रनको योगफल तयार पारेको थियो।
त्यस क्रममा राहुल त्रिपाठीले अर्धशतक प्रहार गरे। उनले ३५ बलमा ७ चौका र १ छक्का प्रहार गरी ५५ रन बनाए।
हेनरिच क्लासेनले म २१ बलमा ३ चौका र १ छक्का प्रहार गरी ३२ रन जोडे।
कप्तान प्याट कमिन्सले २४ बलमा २ चौका र २ छक्का प्रहार गरी ३० रनको योगदान गरे।
ओपनर ट्राविस हेडसहित तीन ब्याटर शून्य रनमा आउट भएका थिए। अर्का ओपनर अभिषेक शर्मा ३ रन, नितिश कुमार रेड्डी ९ रन र अब्दुल शामद १६ रन बनाएर आउट भएका थिए।
बलिङतर्फ कोलकाताका मिचेल स्टार्कले ३ तथा वरूण चक्रवर्थीले २ विकेट लिँदा वैभव अरोरा, हर्षित राना, सुनिल नारायण र आन्द्रे रशेलले १/१ विकेट लिए।
पराजित भएको हैदरावादले इलिमिनेटरको विजेतासँग फाइनलका लागि प्रतिस्पर्धा गर्नेछ।
इलिमिनेटरमा राजस्थान रोयल्स र रोयल च्यालेञ्जर्स बैंगलुरूबीच आज खेल हुनेछ।