आइसिसी टी-२० विश्वकप २०२४ तयारीका लागि वेस्ट इन्डिजको सेन्ट भिसेन्समा रहेको नेपालले दोस्रो टी-२० अभ्यास खेलमा स्थानीय टिम विनवार्डस भोलक्यानोजलाई हराएको छ।
लगातार दोस्रो खेलमान विजय भएको नेपालले ४९ रनको जित निकाल्यो। जितपछि सिरिज नेपालले खेलअघि जितेको छ। यसअघि पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो ।
बिहिबार राति नेपालले दिएको १८० रनको लक्ष्य पछ्याएको विनवार्ड्स १८.५ ओभरमा १३० रनमा अलआउट भयो। यसका लागि ओपनर किमानी मेलिउसले ५० रन बनाए।
बलिङमा नेपालका गुलशन झाले ३ विकेट लिए । कुशल भुर्तेलले पनि ३ विकेट लिए। सोमपाल कामी, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी र अभिनाश बोहराले १-१ विकेट हात पारे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १७९ रन बनायो।
नेपालका लागि अनिल साहले २७ बलमा ५० रन, रोहित पौडेलले ३३ बलमा ४१ रन तथा कुशल भुर्तेलले २८ बलमा ४ चौका र १ छक्कासहित ३८ रन जोडे।
अब तेस्रो खेल शनिबार हुनेछ।
वेस्ट इन्डिजको सेन्ट भिसेन्टनस तीन खेलपछि नेपाल अन्तिम तयारी गर्न अमेरिका फर्कनेछ।