साविक विजेता एपिएफ क्लवले आईतवार ललितपुर मेयर्स कप राष्ट्रिय महिला टी–२० क्रिकेटमा सुखद् सुरुवात गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कोशी प्रदेशमाथि २४ रनको जित निकाल्दै सुखद् शुरुवात गरेको हो।
आइबाररकै पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले पनि ललितपुर मेयर–११ लाई डकवर्थ लुइस पद्धति (डिएलएस) का आधारमा १६ रनले हराउँदै सुखद् शुरुवात गरेको थियो । दोस्रो खेलमा ललितपुर मेयर–११ को पहिलो हार हो।
यसअघि उद्घाटन खेलमा ललितपुर मेयर–११ ले बागमती प्रदेशमाथि सहज जित निकालेको थियो । दोस्रो खेलमा वर्षाका कारण खेल पाँच ओभरमा छोट्याइएको थियो ।
पाँच ओभरमा एपिएफले दिएको ५७ रनको लक्ष्य पछ्याएको कोशीले पाँच ओभर नै खेले पनि दुई विकेटको क्षतिमा ३२ रन मात्र बनाउन सक्यो ।
कोशीकी कप्तान अप्सरी बेगम २५ रनमा अविजित रहे पनि जित दिलाउन असफल भइन्। त्यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । एपिएफकी कप्तान सीता रानामगरले एक विकेट लिइन्।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले तीन विकेट गुमाउँदै ५६ रनको चुनौतिपूर्ण योगफल तयार पार्यो। इन्दु बर्माले १५ बलमा ३८ रनको योगदान गरिन् ।
उनको इनिङमा पाँच चौका र दुई छक्का रह्यो । खराब शुरुवात गरेको एपिएफका लागि इन्दुबाहेक अन्य ब्याटर चल्नै सकेनन् । कोशीको बलिङमा एलिसा खडिया र हिरणमयी रोयले समान एक विकेट लिए । दुई ओभर बलिङ गरेकी सबनम राई महँगा सावित भइन् ।