इंग्ल्याण्डका तीव्र गतिका जेम्स एन्डरसनले जुलाईमा वेस्ट इन्डिजविरुद्ध लर्ड्समा हुने पहिलो टेस्टसँगै टेस्टबाट संन्यास लिने निर्णयको घोषणा गरेका छन्।
टेष्ट क्रिकेटमा सबैभन्दा बढी विकेट लिने बलर जेम्स एन्डरसनले जुलाईमा इङ्ल्यान्डका लागि अन्तिम खेल खेल्नेछन्।
यस वर्षको सुरुमा भारत विरुद्धको धर्मशाला टेस्टमा ७०० टेस्ट विकेट पुरा गरेका अनुभवी फास्ट बलरले यो निर्णय सामाजिक सञ्जालमा घोषणा गरेका थिए।
४१ वर्षको उमेरमा एन्डरसनले दुई दशकभन्दा बढी समयदेखि टेस्ट क्रिकेट खेलेका छन् र यो फर्म्याटमा देखिएका उत्कृष्ट बलरहरूमध्ये एक बनेका छन्। उनले २००३ मा लर्ड्समा आफ्नो टेस्ट डेब्यू गरेका थिए। १८७ टेस्टमा ७०० विकेट लिए।