श्रीलंकाले आइसिसी पुरुष टी-२० विश्वकप २०२४ का लागि राष्ट्रिय टोली घोषणा गरेको छ ।
गत वर्ष डिसेम्बरमा श्रीलंकाको टी-२० कप्तानमा नियुक्त भएका अलराउन्डर वानिन्दु हसरंगाले वेस्ट इन्डिज र अमेरिकामा हुने विश्वकप २०२४ मा टोलीको नेतृत्व गर्नेछन्। मध्यक्रमका ब्याट्सम्यान चरिथ असालंकालाई उपकप्तानमा नियुक्त गरिएको छ।
अनुभवी एन्जेलो म्याथ्युजको पनि टोलीमा छन्। म्याथ्युजको यो छैटौं टी-२० विश्वकपको उपस्थिति हुनेछ। सन् २०१४ मा च्याम्पियन बन्दा पनि उनी श्रीलंकन टोलीमा थिए।
श्रीलंका नेपाल रहेको समूह 'डी' मा छ। समूहमा नेपाल र श्रीलंकासहित दक्षिण अफ्रिका, बंगलादेश र नेदरल्यान्ड्स छन्। नेपाल र श्रीलंकाबीचको खेल जुन ११ मा अमेरिकाको फ्लोरिडामा हुनेछ।
श्रीलंकाको टोलीः वानिन्दु हसरंगा (कप्तान), चरिथ असालंका (उपकप्तान), कुसल मेन्डिस, पाथुम निसान्का, कामिन्दु मेन्डिस, सदीरा समराविक्रमा, एन्जेलो म्याथ्युज, डसुन शनाका, धनन्जय डे सिल्भा, महीश तिक्षणा, दुनिथ वेलालगे, दुस्मनथा चमीरा, नुवान तुशारा, मथीशा पाथिराना र दिलशान मदुशंका।
ट्रभालिङ रिजर्भ: असिथा फर्नान्डो, विजयकान्त व्यास्कान्त, भानुका राजपक्षे, र जेनिथ लियानागे।