इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित भएको छ।
गएराति भएको राजस्थान दिल्लीको घरेलु मैदानमा २० रनले पराजित भएको हो।
२२२ रनको फराकिलो लक्ष्य पछ्याउने क्रममा कप्तान सन्जु सामसनले विस्फोटक ब्याटिङका बाबजुद राजस्थानले २०१ रनमात्रै बनाउन सक्यो।
कप्तान सामसनले ४६ बलमा ८ चौकार ६ छ्क्का प्रहार गरी ८६ रन जोडेका थिए।
त्यस्तै रियान परागले २७, शुभम दुबेले २५ र जोश बट्लरले १९ रनको योगदान गरे।
बलिङतर्फ दिल्लीका खलिल अहमद, मुकेश कुमार र कुलदीप यादवले २/२ विकेट लिँदा अक्षर पटेल र रशिख सलामले १/१ विकेट लिए।
अरूण जेट्ली स्टेडियममा पहिले ब्याटिङ गरेको दिल्लीले ८ विकेट गुमाएर २२१ रन बनाएको थियो।
दिल्लीक लागि ओपनर जेक फ्रेजर मिकगर्क र अभिषेक पोरेलले अर्धशतक प्रहार गरे।
मिकगर्कले २० बलमा ७ चौका र ३ छक्का प्रहार गरे। पोरेलले ३६ बलमा ७ चौका र ३ छक्का प्रहार गरे।
ट्रिस्टन स्टुब्सले २० बलमा ३ छक्का र ३ चौका प्रहार गरी ४१ रन जोडे।
गुलबन्दी नइबले १९ तथा अक्षर पटेल र रिशब पन्तले १५/१५ रनको योगदान गरे।
बलिङमा राजस्थानका रविचन्द्रन अश्विनले ३ तथा ट्रेन्ट बोल्ट, सन्दीप शर्मा र युजवेन्द्र चाहलले १/१ विकेट लिए।
जितसँगै दिल्ली पाँचौं स्थानमा उक्लिएको छ। पराजित भएपनि राजस्थान ११ खेलबाट १६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ।