काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा भइरहेको जयकुमार नाथ शाह मेमोरियल यू-१६ इन्टर स्कुल क्रिकेट प्रतियोगितामा एन्जल हर्टले जित हात पारेको छ।
लगातार तेस्रो जित निकाल्ने क्रममा एन्जल हर्टले केएमसी स्कुललाई ६ विकेटले पराजित गरेको हो।
समूह ‘सी’ बाट अघिल्लो चरणमा स्थान बनाएको उसले तल्लो मुलपानि मैदानमा केएमसीले दिएको १६३ रनको लक्ष्य ३ बल खेल्न बाँकी छदा ४ विकेट गुमाएर पूरा गर्यो।
एन्जल हर्टका लागि प्लेयर अफ दि म्याच युवराज खत्रीले ३६ बलमा ४९ रन जोडे।
त्यसअघि केएमसीले अभिषेक साहको ७१ रनको मद्दतमा ५ विकेटको क्षतिमा १६२ रन जोड्यो।