वेस्ट इण्डिज ए विरूद्ध बलिङ गरिरहेको नेपालले ७ ओभरमा तीन विकेट लिएको छ।
तीनै विकेट सागर ढकालले लिएका हुन्।
सागरको बलिङमा वेस्ट इण्डिज ए का दुवै ओपनर आउट भएका छन्।
उनले आठौं ओभरमा दुई विकेट लिए। ओभरको पहिलो बलमा वेस्ट इण्डिजका ओपनर जोनसन चार्ल्स र तेस्रो बलमा मार्क देयाल आउट भए।
त्यसअघि सागरले नै नेपाललाई पहिलो सफलता दिलाएका थिए।
उनले दोस्रो ओभरको चौथो बलमा कादिम एल्लेनलाई आउट गरेका थिए। कादिम सागरको बलमा कप्तान रोहित पौडेलबाट क्याच आउट भएका हुन्।
आउट हुनुअघि कादिमले ६ बलमा १ चौका र १ छक्का प्रहार गरी ११ रन बनाएका थिए।
नवौं ओभर जारी रहँदा वेस्ट इण्डिज ए ले ३ विकेट गुमाएर ६६ रन बनाएको छ।