वेस्ट इण्डिज ए विरूद्ध दोस्रो ओभरमै नेपालले विकेट लिएको छ।
त्रिवि मैदानमा पहिले बलिङ गरेको नेपालका लागि सागर ढकालले सुरूवाती सफलता दलाएका हुन्।
उनले दोस्रो ओभरको चौथो बलमा कादिम एल्लेनलाई आउट गरेका हुन्। कादिम सागरको बलमा कप्तान रोहित पौडेलबाट क्याच आउट भएका हुन्।
आउट हुनुअघि कादिमले ६ बलमा १ चौका र १ छक्का प्रहार गरी ११ रन बनाएका थिए।
उनको विकेटपछि मार्क देयाल ब्याटिङमा आएका छन्।
तीन ओभर सकिँदा वेस्ट इण्डिजले १ विकेट गुमाएर २६ रन बनाएको छ।