जयकुमार नाथ साह मेमोरियल यू-१६ अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको दोस्रो दिन जेम्स स्कुल र मोक्षदा स्कुलले जित हात पारेका छन्।
मुलपानी मैदानमा भएको खेलमा जेम्सले केएमसी स्कुललाई २ रनले पराजित गर्यो। पहिले ब्याटिङ गरेको जेम्सले ५ विकेटको क्षतिमा १४४ रन जोड्यो।
जवाफी ब्याटिङ गरेको केएमसीले २० ओभरमा ९ विकेटको क्षतिमा १४२ रन मात्र जोड्न सक्यो।
अर्को खेलमा मोक्षदाले रत्नराज्य स्कुललाई ९२ रनको फराकिलो अन्तरले पराजित गर्यो।
पहिले ब्याटिङ गरेको मोक्षदाले संयम नेपालको शतकको मद्दतमा २१८ रन जोड्यो।
२१९ रनको लक्ष्य पछ्याएको रत्नराज्यले १२६ रनमा अलआउट भयो।
काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा भइरहेको प्रतियोगितामा १६ टिमबीच प्रतिस्पर्धा भइरहेको छ।