आइसिसी टी-२० विश्वकप २०२४ का लागि भारतको राष्ट्रिय टोली घोषणा गरिएको छ।
रोहित शर्माको कप्तानीमा रहेको टोलीमा हार्दिक पाण्ड्या उपकप्तान छन्।
यशस्वी जैसवालसहित विराट कोहली, सूर्यकुमार यादव मुख्य ब्याटरको रुपमा छन्।
ऋषभ पन्त र सञ्जु सामसन विकेटकिपरको रुपमा टोलीमा परेका छन्। शिवम् दुबे, रविन्द्र जडेजा र अक्षर पटेल अलराउन्डर छन्।
कुलदीप यादव र युजवेन्द्र चहल स्पिनर रहदा अर्शदीप सिंह, जसप्रित बुमराह र मोहमम्द सिराजले तीव्र गतिको बलिङमा रहेछन्।
शुभमन गिल, रिंकु सिंह, खलील अहमद र आवेश खानलाई वैकल्पिकमा राखिएको छ।
अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा भारत समूह ‘ए’ मा छ। भारतको समूहमा पाकिस्तान, आयरल्यान्ड, अमेरिका र क्यानडा छन्। भारतले पहिलो खेल जुन ५ मा आयरल्यान्डसँग न्युयोर्कमा खेल्नेछ।
भारतीय टोलीः रोहित शर्मा (कप्तान), हार्दिक पाण्ड्या (उपकप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकिपर), सञ्जु सामसन (विकेटकिपर), शिवम दुबे, रवीन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजवेन्द्र चहल, अर्शदीप सिंह, जसप्रित बुमराह, मोहम्मद सिराज। रिजर्व: शुभमन गिल, रिंकु सिंह, खलील अहमद र आवेश खान