नेपालले आयरल्यान्डको ए टिम आयरल्यान्ड्स वुल्भ्ससँग पहिलो टी-२० खेलमा प्रतिस्पर्धा गरिरहेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले ६ ओभरको पावरप्लेमा २ विकेट गुमाएको छ भने ३७ रन जोडेको छ। यस्तै सातौं ओभरको दोस्रो बलमै उसले तेस्रो विकेट पनि गुमाएको छ।
नेपालका करण केसीले आयरल्यान्डका ओपनर मार्क एडियरलाई दोस्रो बलमै बोल्ड गरे। त्यसअघि उनले पहिलो बलमा चौका हिर्काएका थिए।
यस्तै ललित राजवंशीले कोड कारमाइकलाई चौथो औभरमा ८ रनमा एलबिडब्लूको धरापमा पारे। यस्तै सातौं ओभरको दोस्रो बलमा गुल्सन झाले मोर्गन टपिङ शून्यमा बोल्ड गरे।
नेपालले आइसिसी टी-२० विश्वकपको तयारीका लागि आयरल्यान्डसँग खेलेको हो।
भोलि आयरल्यान्डसँग खेलेपछि नेपाली टिम भारत जानेछ।
कीर्तिपुरमा भने नेपालको ए टिम र आयरल्यान्ड वुल्भ्सबीच तीन टी-२० र तीन एकदिवसीय खेल हुनेछ।