पिएसएलको उपाधि इस्लामावाद युनाइटेडले पाकिस्तान सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
सोमबार राति कराचीमा भएको उपाधि भिडन्तमा इस्लामावादले मुल्तान सुल्तानलाई २ विकेटले पराजित गर्दै उपाधि जितेको हो।
अन्तिम ओभरमा ८ रन चाहिदा इस्लामावादले पहिलो चार बलमा ७ रन बनाएको थियो। तर पाँचौ बलमा मोहमद अलीले नशीम साहलाई १७ रनमा आउट गरे। अन्तिम बलमा एक रन चाहिदा हुनाइ शाहले चौका हिर्काए।
इस्लामावादले १६० रनको लक्ष्य अन्ति बलमा ८ विकेट गुमाएर पार गरेको हो। उसका लागि ओपनर मार्टिन गुपटिलले ५० रन र अजाम खानले ३० रनको योगदान गरे।
त्यसअघि पहिले ब्याटिङ गरेको मुल्तानले ९ विकेटको क्षतिमा १५९ रन मात्र जोड्न सक्यो। उसका लागि उस्मान खानले ५७ रन जोडे।
बलिङमा इस्लामावादका इमाद वासिमले ५ र शादब खानले ३ विकेट लिए।