त्रिभुवन आर्मी क्लब कोशी प्रदेश ट्रफी राष्ट्रिय टी-२० प्रतियोगिताको उपाधि नजिक पुगेको छ।
शुक्रबार भएको पहिलो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गर्दै आर्मी फाइनलमा पुगेको हो।
विराटनगरमा टस जितेको आर्मीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरले ९ विकेटको क्षतिमा १६३ रन जोड्यो।
सुदूरका लागि नारायण जोशीले २२ बलमा ४ चौका र ६ छक्का प्रहार गर्दै ५९ रन जोडे भने किरण ठगुन्नाले ४३ रन जोडे।
बलिङमा आर्मीका बसिद अहमदले ४ विकेट र नितेश पटेलले ३ विकेट लिन सफल भए।
१६४ रनको लक्ष्य आर्मीले ५ बल खेल्न बाँकी छदा ५ विकेट गुमाएर पूरा गर्यो। आर्मीको जितमा बसिरले नटआउट ५० रन जोड्दा सन्तोष कार्कीले ३१ रन र त्रृतराज दासले ३८ रन जोडे।
बलिङमा सुदूरका दीपक बोहारले २ विकेट लिए।