हङकङ मेन्स टी-२० सिरिजको उपाधिका लागि नेपालले अहिले पपुवा न्युगिनी (पिएनजी) विरूद्ध खेलिरहेको छ।
पिएनजीले दिएको १७२ रनको लक्ष्य पछ्याएको नेपालले ६ ओभरको पावर प्लेमा ३ विकेट गुमाउँदा ३४ रन मात्र जोड्न सक्यो।
ओपनिङमा आएका विनोद भण्डारी तेस्रो बलमा ४ रनमा आउट भए भने तेस्रो ओभरमा कुशल भुर्तेल ५ रनमा पेभिलियन फर्के। दुवैलाई पिएनजीका मोरियाले बोल्ड गरेका थिए।
यस्तै गुल्सन झा छैटौं ओभरको पहिलो बलमा ६ रनमा रनआउटको सिकार भए।
यस्तै कप्तान रोहित पौडैल आठौं ओभरमा क्याच आउट हुँदा नेपालले चौथो विकेट गुमायो। उनले १२ रन मात्र जोड्न सके।
त्यसअघि टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पिएनजीले ८ विकेटको क्षतिमा १७१ रन जोड्यो।
उसका लागि ओपनर टोनी उराले ६१ रन जोडे। एलेइ नाओले १० बलमा नटआउट ३० रन बनाए।
बलिङमा नेपालका आकाश चन्द र कुशल भुर्तेलले ३-३ विकेट लिन सफल भए।