त्रिकोणात्मक टी-२० सिरिजको उपाधिका लागि नेपालले १७२ रनको लक्ष्य पाएको छ।
उपाधि भिडन्तमा टस जितेको नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको पिएनजीले ८ विकेट गुमाएर १७१ रन बनाएको हो।
पिएनजीलाई १७१ रनमा समेट्ने क्रममा आकाश चन्द र कुशल भूर्तेलले समान ३/३ विकेट लिए भने करण केसी र गुल्सन झाले एक/एक विकेट लिए।
पिएनजीका ओपनर टोनी उराले ६१ रन बनाए। उनले ३७ बलमा ५ चौका र ४ छक्का प्रहार गरे।
अलेइ नाओले नटआउट ३० रन जोड्दा हिला भरेले १८, किप्लिन डोरिगाले १४, चाड सोपरले १३ र हिरिहिरीले १५ रनको योगदान गरे।
अन्य ब्याटरले दोहोर अंकमा रन बनाउन सकेनन्।
पिएनजीविरुद्ध आइतबार नेपालले ८५ रनको जित निकालेको थियो।
आगामी वर्ष अमेरिका र जिम्बाबेमा हुने टी-२० विश्वकपको तयारीका रूपमा खेलिएको उक्त सिरिजमा दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी लगायतका खेलाडीलाई समावेश गरिएको छैन।