त्रिकोणात्मक टी-२० सिरिजको उपाधि भिडन्तमा नेपालले तेस्रो विकेट लिएको छ।
हङकङको मिसन रोड ग्राउन्डमा पपुवा न्युगिनीविरूद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको नेपालले ३.१ ओभरमा विकेट लिएको हो।
नेपालका लागि आकाश चन्दले लेगा सियाकालाई करण केसीबाट क्याच आउट गराए। ४ बल खेलेका उनले २ रनमात्रै बनाएका थिए।
यसअघि १.४ ओभरमा पिएनजीका कप्तान अशद भालालाई पनि चन्दले विनोद भण्डारीबाट क्याच आउट गराएका थिए।
यसअघि करण केसीले पहिले ओभरमै विकेट लिएका थिए। उनले ओभरको दोस्रो बलमा सेसे बाउलाई आउट गरेका थिए।
अहिले पाचौं ओभरको खेल चलिरहँदा पपुवा न्युगिनीले ४१ रन बनाएको छ।