त्रिकोणात्मक टी-२० सिरिजको उपाधि भिडन्तमा नेपालले दोस्रो विकेट लिएको छ।
हङकङको मिसन रोड ग्राउन्डमा पपुवा न्युगिनीविरूद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको नेपालले १.४ ओभरमा विकेट लिएको हो।
नेपालका लागि आकाश चन्दले पिएनजीका कप्तान अशद भालालाई विनोद भण्डारीबाट क्याच आउट गरेका हुन्।
यसअघि करण केसीले पहिले ओभरमै विकेट लिएका थिए। ओभरको दोस्रो बलमा सेसे बाउलाई आउट गरेका थिए।
अहिले तेस्रो ओभरको खेल चलिरहँदा पपुवा न्युगिनीले १६ रन बनाएको छ।