त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत हङकङविरूद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको छ।
हङकङमा आजदेखि सुरू भएको त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको हो।
सिरिजअघि नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो। शनिबार भएको उक्त खेलमा नेपाल ७३ रनले पराजित भएको थियो।
सिरिजका लागि दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, आसिफ शेख र सोमपाल कामीलाई टिममा समावेश गरिएको छैन।
रोहित कुमार पौडेलको कप्तानीमा कुशल भुर्तेल, बिनोद भण्डारी, गुल्सन झा, आरिफ शेख, विवेक यादव, सन्दिप जोरा, रसिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम आकाश चन्द र अविनाश बोहरा रहेका छन्।
प्लेइङ इलाभेनमा रोहित पौडेल, विनोद भण्डारी, कुशल भूर्तेल, आशिफ शेख, गुल्सन झा, विवेक यादव, सन्दीप जोरा, लोकेश बम, प्रतिश जिसी, करण केसी र अभिनाश बोहरा छन्।