त्रिदेशीय टी-२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरूद्धको खेलमा नेपालले उत्कृष्ट बलिङ गरेको छ।
नेपालले १० ओभरमा नेदरल्याण्ड्सको ६ विकेट लिएको छ।
करण केसीले पहिलो ओभरमै नेदरल्याण्ड्सको दुई विकेट लिएका थिए। उनले ओपनरद्वय माइकल लेभिट र सिब्रान्ड एंगलब्रेक्टलाई आउट गरेका थिए।
त्यसपछि प्रतिश जिसीले नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्ड र म्याक्स ओ’डडलाई बोल्ड गरेका थिए।
नवौं ओभरको पहिलो बलमा आउट हुँदा स्कटले १८ र अन्तिम बलमा आउट हुँदा म्याक्स ओ’डडले ३१ रन बनाएका थिए।
त्यसपछि दसौं ओभरको अन्तिम दुई बलमा कुशल मल्लले विकेट लिए।
उनले नोओ क्रोएसलाई पाचौं बलमा र आर्यन दत्तलाई ओभरको अन्तिम बलमा बोल्ड गरे।
दुई बलरले एकै ओभरमा २/२ विकेट लिएपछि नेदरल्याण्ड्स दबाबमा परेको छ।
१३ औं ओभरको खेल चलिरहँदा नेदरल्याण्ड्सले ६७ रन बनाएको छ।
नेपालले आजको खेल जित्न सके सिरिजको फाइनल पुग्ने सम्भावना रहन्छ।
अघिल्ला दुई खेल हारेको नेपालले शुक्रबार नामिबियाविरूद्ध ३ रनको रोमाञ्चक जित निकालेको थियो।