सेबास्टियन हलर फेरि नायकपछि आइभोरी कोस्टले नाइजेरियालाई हराएर २०२३ को अफ्रिका कप अफ नेसन्सको उपाधि घरेलु मैदानमा जितेको छ।
आइतबार राति भएको फाइनल भिडन्तमा आइभरी कोस्टले नाइजेरियालाई २-१ गोलले हराउँदै उपाधि जितेको हो। खेलमा अग्रता भने नाइजेरियाले लियो। उसका लगि ट्रोस्ट इकोङले खेलको ३८ मिनेटमा गोल गरे।
केइसीले ६२ मिनेटमा गोल गरेपछि आइभरी कोस्ट खेलमा फर्कियो।
८१ मिनेटमा हलरले गोल गर्दा आइभरी कोस्टले अग्रता लिएको थियो। क्यान्सर जितेर फर्किएको १३ महिनापछि उत्कृष्ट प्रदर्शन गरिसकेका हलरले सेमिफाइनलमा पनि गोल गरेका थिए।
पश्चिम अफ्रिकी देश आइभरी कोस्टले यसअघि सन् १९९२ र २०१५ मा उपाधि जितेको थियो।