क्यानडाविरूद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालका कुशल मल्लले दुई विकेट लिएका छन्।
कप्तान रोहित पौडेलले एकै ओभरमा दुई विकेट लिएपछि खेलमा फर्किएको नेपालले ३८ औं ओभर र ४० औं ओभरमा क्यानडाको छैटौं र सातौं विकेट लिएको हो।
दुबै विकेट कुशल मल्लले लिएका हुन्।
३८ औं ओभर लिएर आएका कुशल मल्लले चौथो बलमा क्यानडाका दिलप्रित बज्वालाई बोल्ड गरेका हुन्।
बज्वाले १९ रन बनाएका थिए।
त्यसपछि ४०.४ ओभरमा कप्तान साद बिन जफरलाई आउट गरे।
यसअघि ३४.५ ओभरमा सूर्य तामाङले हर्श थाकरलाई आउट गरेका थिए।
कप्तान रोहित पौडेलले ३१ ओभरमा दुई विकेटल लिएका थिए। उनले पर्गत सिंहलाई दोस्रो र निकोलश किर्टनलाई पाचौं बलमा आउट गरे।
नेपालले १८.२ओभरमा पहिलो विकेट लिएको थियो। यू-१९ बाट सिनियर टिममा डेब्यु गरेका आकाश चन्दले क्यानडाका नवनीत धलिवललाई आशिफ शेखबाट क्याच आउट गराए।
त्यसपछि २२.२ ओभरमा ओपनर आरोन जोनसनलाई भीम सार्कीले रन आउट गरेका थिए।
३१ औं ओभरमा व्यक्तिगत दोस्रो ओभर लिएर आएका रोहितले आक्रामक ब्याटिङ गरिरहेका पर्गत सिंहलाई सोमपाल कामीबाट क्याच आउट गराए।
उनले ३८ बलमा ६ चौका प्रहार गर्दै ३८ रन बनाएर खेलिरहेका थिए।
३३.५ औं ओभरमा उनले निकोलशलाई आशिफ शेखबाट क्याच आउट गराए।
निकोलशले २९ बलमा २० रन बनाएर खेलेका थिए।
अब ब्याटिङमा हर्श ठाकुर दिलप्रित बज्वा आएका छन्।
४२ ओभर चलिरहँदा क्यानडा ७ विकेटको क्षतिमा २२६ रन बनाएर खेलिरहेको छ।