यू-१९ विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशविरूद्धको खेलमा नेपालले खराब सुरूवात गरेको छ।
दक्षिण अफ्रिका टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले दुवै ओपनरसहित तीन विकेट गुमाएको छ।
तेस्रो विकेटको रुपमा अर्जुन कुमाल १४ रनमा आउट भएको छ। नेपालले ८.३ ओभरमा ३ विकेट गुमाउँदा २९ रन जोडेको छ।
अघिल्लो ओभरमा आकास त्रिपाठी ३ रनमा आउट भएका थिए। पहिलो विकेटको रुपमा ओपनर विपिन रावल २ रनमा ३.५ ओभरमा आउट भएका थिए।
नेपालले सुपर सिक्सका दुई खेल खेल्नुअघि नै सेमिफाइनल नपुग्ने निश्चित भइसकेको छ।
त्यसकारण नेपालले आजको खेलमा दवाबरहित हुन पहिले ब्याटिङ रोजेको हो।