आइसिसी यू-१९ विश्वकपको सुपर सिक्समा नेपालले बंगलादेशविरूद्ध पहिले ब्याटिङ गर्ने भएको छ।
दक्षिण अफ्रिकाको मंगउङ स्टेडियममा टस जितेको नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।
यू-१९ विश्वकपमा नेपाल र बंगलादेश दुइपटक आमनेसामने भएका छन्।
सन् २००२ मा नेपालले बंगलादेशलाई २३ रनले हराएको थियो भने २०१६ को क्वार्टरफाइनल खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो।
सुपर-६ को समूह-१ नेपाल र बंगलादेशसँगै भारत, पाकिस्तान, न्युजिल्यान्ड र आयरल्यान्ड छन्।
सबैले टिमले दुई दुई खेल खेल्ने र शीर्ष दुईमा रहेन टिम सेमिफाइनल पुग्ने प्रावधान छ।
जसअनुसार भारत र पाकिस्तानले मंगलबार सुपर-६ को पहिलो खेलमा जित निकाले। भारतले न्युजिल्यान्ड र पाकिस्तानले आयरल्यान्डलाई हराएका थिए। भारत र पाकिस्तानको जितसँगै नेपाल भने सुपर-६ को खेल सुरु हुनुअघि सेमिफाइनल नपुग्ने निश्चित भएको छ।
अब नेपालले आज बंगलादेश र शुक्रबार भारतसँग खेल्नेछ। दुवै खेलमा जित निकाले पनि नेपाल अन्तिम चारमा पुग्नेछैन।
किनकी भारत र पाकिस्तान दुवैले ६-६ अंक जोडिसकेका छन्। दुई खेल खेल्ने नेपाल भने अंकबिहीन छ।