शामर जोसेफले सात विकेट लिएपछि वेस्ट इन्डिजले सन् १९९७ पछि पहिलो पटक अस्ट्रेलियामा टेस्ट क्रिकेटमा जित निकालेको छ।
घरेलु टिम अस्ट्रेलियामाथि ८ रनको रोमाञ्चक जति निकाल्दै वेस्ट इन्डिजले दुई खेलको सिरिजमा १-१ को बराबरी गरेको हो।
ब्याटिङका क्रममा चोट लागेपछि अघिल्लो दिन भावुक बनेका तीव्र गतिका जोसेफले दोस्रो इनिङ्ग्समा ब्रिस्बेनमा ७ विकेट लिँदा ६८ रन रन खर्चिए।
स्टिभ स्मिथले ९१ रन जोडे पनि अस्ट्रेलियालाई २१६ रनको लक्ष्य पूरा गर्न पर्याप्त हुन सकेन। अस्ट्रेलिया दोस्रो इनिङ्गग्समा २०७ मा अलआउट भयो।
१८ महिनाअघि सुरक्षा गार्डको जागिर छोडेर क्रिकेट खेल्न थालेका जोसेफले अस्ट्रेलियाको ब्याटिङलाई संकटमा पार्न उत्कृष्ट बलिङ गरेका थिए।
उनलाई खेल्नु अघि उपचारको आवश्यकता परेको थियो। उनी चौथो दिन नखेल्ने अवस्थामा समेत पुगेका थिए।
पहिलो इनिङ्ग्समा वेस्ट इन्डिजले ३११ रन जोड्दा अस्ट्रेलियाले २८९ रनमा इनिङ्ग्स समाप्तीको घोषणा गरेको थियो। दोस्रो इनिङ्ग्समा वेस्ट इन्डिजले १९३ रन जोडेपछि अस्ट्रेलियाले २१६ रनको लक्ष्य पाएको थियो। तर अस्ट्रेलिया २०७ रनमा अलआउट भयो।
दोस्रो टेस्टमा कुल ८ विकेट र दुवै टेस्टमा गरी १३ विकेट लिएका शामर जोसेफ प्लेयर अफ दि म्याच र सिरिज दुवै घोषित भए।
अब दुई टिमबीच तीन खेलको एकदिवसीय र तीन खेलको टी–२० सिरिज हुनेछ।