क्यानडाको राष्ट्रिय क्रिकेट टिमलाई एनआरएनए क्यानडासहित एघार नेपाली समाजले नेपाली ढाका टोपी लगाएर विदाइ गरेको छ।
नेपाल र क्यानडाबीच फेब्रुअरीको पहिलो साता एकदिवसीय सिरिज हुने तालिका अनुसार क्यानडाको राष्ट्रिय क्रिकेट टिम नेपाल भ्रमणमा आउने लगेको हो।
नेपाल आउन लागेको टिमको विदाइका लागि कार्यक्रम आयोजना गरिएको एनआरएनए क्यानडाका उपाध्यक्ष किरोज श्रेष्ठले जानकारी गराए।
एनआरएनए क्यानडा सहित नेपलिज कम्युनिटी नेटवर्क अफ क्यानडा, लालीगुराँस स्पोर्ट्स क्लब, नेपलिज पिपल्स एन्ड कोर्डिनेशन कमिटी, नेपाल हाउस, क्यानडा नेपाल फ्रेन्डसीप एन्ड कलचरल सोसाइटी, टोरन्टो नेपलिज स्पोर्टस क्लब, फेडेरेसन अफ क्यानडा नेपाल चेम्बर अफ कमर्स, चितवन सोसाइटी क्यानडा, नेपलिज क्यानडियन हेरिटेज सेन्टर, क्यानडियन नेवारी गुठीसहित एघार नेपाली समाजको आयोजनामा कार्यक्रम भएको थियो।
'नेपाल भ्रमणमा जान लागेको क्यानडा राष्ट्रिय क्रिकेट टिमलाई शुभकामना ब्यक्त गर्दै नेपाल भ्रमणमा क्रिकेट मात्र नभइ नेपाली संस्कृति, प्राकृतिक रमणीय ठाउँलाई पनि आत्मसात गर्दै यात्रा सुखमय रहनेछ भन्ने आशा राखेका छौ" एनआरएनए क्यानडाका सचिव बिनोद कोइरालाले भने।