आइसिसी यू-१९ विश्वकपअन्तर्गत आज नेपालले समूहको तेस्रो खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ। दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर ब्याटिङ गरिरहेको अफगानिस्तानविरुद्ध नेपालले पहिलो दुई ओभरमा दुई विकेट लिएको छ।
नेपालका लागि गुल्सन झाले पहिलो ओभरको चौथो बलमा विकेट लिए। उनले अफगानिस्तानका ओपनिङ ब्याटसम्यान नुमन शाहलाई शून्यमा दीपक डुम्रेबाट क्याच गराए।
दोस्रो ओभरमा आकास चन्दले खलिद तनिवाललाई पनि शून्यमा विकेटकिपर विपिन रावलबाट क्याच गराए।
सुपर-६ मा पुग्नका लागि लागि दुवै टिमलाई जितको आवश्यकता छ। यसअघि नेपाल र अफगानिस्तान दुवैले पाकिस्तान र न्युजिल्यान्डसँग हार बेहोरेका थिए।
आइसिसीले समूहका शीर्ष तीन टिमलाई सुपर-६ खेलाउँदैछ। कुल १२ टिमले दुई समूहमा सुपर-६ खेल्नेछन्। दुवै समूहका शीर्ष २-२ टिमले सेमिफाइनल खेल्नेछन्।
आइतबार न्युजिल्यान्डविरुद्ध ६४ रनले पराजित भएको नेपाल बुधबार पाकिस्तानसँग ५ विकेटले हार्यो।