सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो स्थानमा उक्लिएको छ।
बुधबार कोशी प्रदेशलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम ५ खेलबाट ८ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ।
अंक तालिकाको पुछारमा रहेको कोशी प्रदेश भने लगातार आठौं खेलमा पराजित भयो।
कीर्तिपुरस्थित त्रिवि मैदानमा कोशीले दिएको १२४ रनको लक्ष्य सुदूरले २ विकेटको क्षतिमा २१.१ ओभरमा पूरा गर्यो। सुदूरका लागि नरेन भट्टले नटआउट ५४ रन र प्रकाश पाण्डेले नटआउट ३४ रन जोड्यो।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोशी ३२ ओभरमा १२३ रनमै अलआउट भयो।
कोशीका लागि मीनास थापाले सबैभन्दा बढी २६ रन जोडे।
बलिङमा सदुरका विकास आग्रीले ४ विकेट र शेर मल्लले ५ विकेट लिए। विकासले ७ ओभरमा १ मेडन राख्दा ९ रन दिए भने मल्लले ६ ओभरमा १ मेडन राख्दा २८ रन खर्चिए।