पाकिस्तान घरेलु टिम न्युजिल्यान्डविरुद्धको पाँच खेलको टी-२० सिरिज क्लिनस्विप हुनबाट जोगिएको छ।
आइतबार भएको पाँचौ खेलमा पाकिस्तानले ४२ रनको जित निकालेसँगै सिरिज १-४ को स्थितिमा सकियो।
यसअघि न्युजिल्यान्डले लगातार चार खेलमा जित निकालेर सिरिज कब्जा गरिसकेको थियो।
आइतबार पहिले ब्याटिङ गरेको पाकिस्तालने राम्रो खेल देखाउन सकेन। पाकिस्तानले ८ विकेटको क्षतिमा १३४ रन मात्र जोड्यो।
पाकिस्तानका लागि मोहमद रिजवानले ३८ रन र फखर जमानले ३३ रन जोडे।
बलिङमा न्युजिल्यान्डका टिम साउथी, माट हेनरी, लकी फर्ग्युसन र इश सोधीले २-२ विकेट लिए।
१३५ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १७.२ ओभरमा ९२ रनमै अलआउट भयो। ब्याटिङमा राम्रो प्रदर्शन गर्न नसके पनि बलिङमा पाकिस्तानी बलरले उत्कृष्ट खेल देखाए।
पाकिस्तानका लागि इफ्तिखर अमहदले ३ विकेट लिए। यस्तै शाहीन शाह अफ्रिदी र मोहमद नवाजले २-२ विकेट लिए। उस्मा मिर र जमान खानले १-१ विकेट लिए।
ब्याटिङमा न्युजिल्यान्डका ग्लेन फिलिप्सले सबैभन्दा बढी २६ रन जोड्दा ७ ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।