आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत अफ्रिका छनोटमा जिम्बावे पराजित भएको छ।
बुधबारदेखि सुरू भएको अफ्रिका छनोटमा आइसिसी स्थायी सदस्य जिम्बावे स्तब्ध बनेको हो।
जिम्बावेलाई आयोजक नामिबियाले ७ विकेटले पराजित गर्यो। पहिले ब्याटिङ गरेको जिम्बावेले ८ विकेटको क्षतिमा १३२ रन मात्र जोड्न सक्यो। उसका लागि क्रायग इर्भिनले ३६ जोडे।
बलिङमा नामिबियाका जेजे स्मिथले ३ विकेट लिए भने तांगेनी लुंगामेनीले २ विकेट हात पारे।
१३३ रनको लक्ष्य नामिबियाले १४.४ ओभरमा ३ विकेट गुमाएर पार गर्यो।
नामिबियाको जितमा ओनपिङ ब्याट्सम्यान निकोलास डविनले ४५ बलमा १० चौका र ४ छक्का प्रहार गर्दै ८९ रन जोडे।
छनोटमा जिम्बावे र नामिबियासँगै केन्या, युगान्डा, नाइजेरिया, रावान्डा र तान्जानिया छन्।
सात मध्ये शीर्ष दुई टिम आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा छनोट हुनेछन्। दक्षिण अफ्रिका छनोट सकिएपछि विश्वकपमा खेल्ने सबै २० टिमको टुंगो लाग्नेछ।
यसअघि एसिया छनोटबाट नेपाल र ओमानले विश्वकपमा स्थान पक्का गरेका थिए।