अस्ट्रेलियाविरूद्ध घरेलु मैदानमा हुने पाँच खेलको टी-२० सिरिजका लागि भारतले राष्ट्रिय टिम घोषणा गरेको छ।
जसमा भारतले अधिकांस अनुभवी खेलाडीलाई आराम दिएको छ। कप्तानको जिम्मेवारी सूर्यकुमार यादवलाई दिइएको छ। सिरिज बिहीबारदेखि सुरु हुँदैछ।
भारतले एकदिवसीय विश्वकपको फाइनलमा अस्ट्रेलियासँग हारेको चार दिनपछि टी-२० सिरिज हुन लागेको हो। भारतको विश्वकप टिममा रहेका यादवसहित इशान किसन र अक्षर पटेलले मात्र टी-२० सिरिज खेल्नेछन्।
एसियाली खेलकुदमा भारतलाई स्वर्ण पदक जिताएका भिभिएस लक्ष्मणले पाँचवटा टी–२० खेलका लागि प्रशिक्षकको भूमीका निर्वाह गर्नेछन्।
पहिलो खेल विशाखापट्टनममा २३ नोभेम्बरमा हुनेछ। त्यसपछि २६ र २८ मा नोभेम्बर तथा १ र ३ डिसेम्बरमा खेल हुनेछ।
भारतीय टिम
सूर्यकुमार यादव (कप्तान), रुतुराज गायकवाड (उपकप्तान), इशान किशन (विकेटकिपर), यशस्वी जैसवाल, तिलक वर्मा, रिंकु सिंह, जितेश शर्मा (विकेटकिपर), वाशिंगटन सुन्दर, अक्षर पटेल, शिवम दुबे, रवि बिश्नोई, अर्शदीप सिंह, प्रसिद्ध कृष्ण, आवेश खान, मुकेश कुमार, श्रेयस अय्यर (उपकप्तान, अन्तिम दुई खेलका लागि मात्र)