चार देश सम्मिलित महिला टी-२० सिरिजमा नेपालले जापानलाई ११६ रनको लक्ष्य दिएको छ।
हङकङ क्रिकेट क्लबको मैदानमा पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा ११५ रन बनाएको हो।
नेपालका लागि ओपनर पुजा महतोले ४३ रन बनाइन्। उनले ५१ बलमा ३ चौका प्रहार गरिन्।
त्यस्तै रोमा थापाले १९ बलमा ३ चौका हानेर २२ रन बनाउँदा १९ बल खेलेकी रूबिना क्षेत्रीले २ चौका प्रहार गरी २१ रनको योगदान गरिन्। कप्तान इन्दु बर्माले २१ बलमा १ चौका प्रहार गरी १२ रन जोडिन्।
बलिङतर्फ जापानकी अहिल्या चन्डेल, इरिका तोङ्ची क्वीन र अयुमी फुजिकावाले एक/एक विकेट लिइन्।
जवाफी ब्याटिङ गरिरहेको जापान ५ ओभरमा १८ रन बनाएर खेलिरहेको छ।
लिग चरणमा हङकङ र तान्जानियासँग पराजित भएपछि नेपालले तेस्रो स्थानका लागि आज जापानसँग खेलिरहेको छ।
लिग चरणमा नेपालले जापानलाई ६७ रनले हराएको थियो।
सिरिजको विजेता र उपविजेताका लागि हङकङ र तान्जानियासँग खेल्नेछ।