आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत एसिया छनोटको समूह ‘बी’ मा बहराइनले हङकङलाई २० रनले पराजित गरेको छ।
मंगलबार मुलपानी मैदानमा बहराइनले पहिले ब्याटिङ गर्दै ३ बल बाँकी छदा अलआउट हुँदै १४६ रन जोडेको थियो। उसका लागि इमरान अलीले ६२ रन जोडे।
बलिङमा हङकङका नासरुल्लाह रानाले ३ विकेट लिए।
१४७ रनको लक्ष्य पछ्याएको हङकङ ५ बल खेल्न बाँकी छदा १२६ रन मात्र जोऊन सक्यो। उसका लागि अंशुमन रथले सबैभन्दा बढी २८ रन जोडे। बलिङमा बहराइनका अब्दुल माजिदले ३ विकेट लिए भने अली दाउद र रिजवन बटले २-२ विकेट लिए।
पहिलो दिन बहराइनले युएईसँग हार बेहोरेको थियो। हङकङले भने कुवेतमाथि जित निकालेको थियो। यो समूहको विजेताले नेपाल रहेको समूहको उपविजेतासँग सेमिफाइनल खेल्नेछ।
उपविजेता हुने टिमले नेपाल रहेको समूहको विजेता टिमसँग सेमिफाइलनमा प्रतिस्पर्धा गर्नेछ।