आइसिसी टी-२० विश्वकपको एसिया छनोटमा नेपालले पहिलो खेल सिंगापुरसँग खेलिरहेको छ।
नेपालले जितका लागि १४६ रनको लक्ष्य पाएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर सिंगापुरले ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गरेको हो।
नेपालका लागि करण केसी, अभिनास बोहरा, सन्दीप लामिछाने र गुल्सन झाले २/२ विकेट लिए।
सिंगापुरविरुद्ध नेपाल खेलिरहँदा त्रिवि क्रिकेट मैदानमा बाक्लो संख्यामा दर्शकको उपस्थिती छ।
तस्बिरहरूः