एसिया कप अन्तर्गत भारतविरूद्धको खेलमा पाकिस्तानका शाहिन साह अफ्रिदीले दुई विकेट लिएका छन्।
अफ्रिदीले भारतका कप्तान रोहित शर्मा र पूर्वकप्तान विराट कोहलीको विकेट लिएका हुन्।
टस जितेर ब्याटिङ रोजेको भारतले ४.६ ओभरमा रोहित र ६.३ ओभरमा कोहलीलाई गुमाएको हो।
दुबै ब्याटरलाई अफ्रिदीले बोल्ड आउट गरेका हुन्।
शर्माले २२ बल खेलेर ११ रन बनाए भने कोहली ७ बलमा एक चौका प्रहार गरी आउट भएका थिए।
ओपनर शुभमन गिलसँग साझेदारी गर्न श्रीयास ऐयर ब्याटिङमा छन्। दुई ठूला ब्याटर गुमाउँदा भारत केही दबावमा आएको छ। सातौं ओभर जारी रहँदा भारतले ३८ रन बनाएर खेलिरहेको छ।
एसिया कपमा नेपाललाई पराजित गर्दै पाकिस्तानले विजय सुरुवात गरेको छ। आजको खेल जित्न सके अन्तिम चारमा पुग्नेछ। समूह 'ए' मा अब भारत र नेपालको खेल बाँकी छ।