नेपाल क्रिकेट संघ (क्यान) को कर्णाली प्रदेश अध्यक्षमा पदमबहादुर खड्का निर्विरोध चयन भएका छन्।
भर्खरै मान्यता पाएको कर्णाली प्रदेश कमिटीमा खड्का पहिलो प्रदेश अध्यक्ष बनेका हुन्।
बुधबारको पहिलो अधिवेशनले प्रदेश कमिटीलाई पूर्णता दिइएको हो। कमिटी १३ सदस्यीय बनेको छ। क्यानको कर्णाली प्रदेश उपाध्यक्षमा खड्कजंग शाही, सचिवमा श्रीधर केसी र कोषाध्यक्षमा सूर्य थापा चयन भएका छन्।
कमिटीको सदस्यहरूमा बालकुमार नकाल, कुलप्रसाद ओली, सविन हमाल, बुलन्द बाबु सेजुवाल, दमनराज शाही, प्रकाश भुषाल, पवनकुमार थापा, समुन्द्र शाही र मनोज थापा चयन भएका छन्।