भारत र अस्ट्रेलियाबीचको तेस्रो टेस्टको अन्तिम दिनको खेल बाँकी रहदा अस्ट्रेलिया बलियो अवस्थामा देखिएको छ।
अस्ट्रेलियाले दोस्रो इनिङ्ग्समा ६ विकेटको क्षतिमा ३१२ रन बनाएर इनिङ्ग्स समाप्तिको घोषणा गर्यो।
इनिङ्ग्स समाप्तीको घोषणा गरेसँगै भारतले ४०७ रनको लक्ष्य पाएको छ। अन्तिम दिनअघि दोस्रो इनिङ ब्याटिङ सुरु गरेको भारतले २ विकेटको क्षतिमा ९८ रन जोडेको छ।
सोमबार अन्तिम दिन जित निकाल्न भारतलाई ३०९ रन चाहिँदा अस्ट्रेलियालाई ८ विकेटको खाँचो छ।
भारतका ओपनर रोहित शर्मा ५२ र शुभमान गिल ३१ रन बनाएर आउट भएका छन्। चेतेश्वर पुजारा ९ रन र अजिन्का राहाणे ४ रन बनाएर खेलिरहेका छन्।
बलिङमा अस्ट्रेलियाका जोश हजलउड र पाट कमिङ्ग्सले १-१ विकेट छन्।
त्यसअघि पहिलो इनिङग्समा भारत २४४ रनमा अलआउट हुँदा अस्ट्रेलियाले ३३८ रन जोडेको थियो।
चार टेस्टको सिरिज १-१ को बराबरीको स्थितिमा छ। पहिलो टेस्टमा अस्ट्रेलिया विजयी हुँदा दोस्रो टेस्ट भारतले जितेको थियो।