आइपिएलमा कोलकता नाइट राइडर्सले पहिलो जित हात पारेको छ।
कोलकताले शनिबार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गर्यो। यो हैदरावादको लगातार दोस्रो खेलमा हार हो।
पहिले ब्याटिङ गरेको हैदरावादले ४ विकेटको क्षतिमा १४२ रनको सामान्य योगफल तयार गर्यो।
उसका लागि मनिष पाण्डेले ५१ रनको योगदान गरे। कप्तान तथा ओपनर डेभिड वार्नरले ३६ रन जोडे भने ऋद्धिमान साहले रनआउट हुनुअघि ३० रन बटुले।
बलिङमा कोलकताका पाट कमिङ्ग्सले ४ ओभरमा १ विकेट लिँदा १९ रन खर्चिए।
१४३ रनको लक्ष्य कोलकताले १८ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो।
उसका लागि शुभमान गिलले नटआउट ७० रन बटुले। उनले ६२ बलमा ५ चौका र २ छक्का हिर्काए।
नितिन रानाले २६ रन बटुल्दा इयान मोर्गानले २९ बलमा ४२ रन जोडे।
आइपिएलमा आइतबार राति राजस्थान रोयल्स र किङ्ग्स ११ पञ्जावबीच खेल हुनेछ।