आइपिएलमा दिल्ली क्यापिटल्सले लगातार दोस्रो खेलमा जित हात पारेको छ।
दिल्लीले शुक्रबार राति भएको खेलमा चेन्नई सुपरकिंग्सलाई ४४ रनले पराजित गर्यो।
दिल्लीले लगातार दोस्रो खेलमा जित निकाल्दा चेन्नई दोस्रो खेलमा पराजित भएको हो।
टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेटको क्षतिमा १७५ रन जोड्यो। उसका लागि पृथ्वी शाले ४३ बलमा ६४ रन जोडे।
शिखर धवनले ३५ रन जोड्दा रिशव पन्तले नटआउट ३७ रन बटुले। श्रेयर इयर २६ रनमा आउट हुँदा मार्कोस स्टोइनिस ५ रनमा अविजित रहे।
१७६ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ७ विकेटको क्षतिमा १३१ रन मात्र जोड्यो।
उसका लागि फाप डु प्लेसिसले ४३ रन जोडे। केदार जादवले २६ रन जोडे भने कप्तान महेन्द्रसिंह धोनीले १५ रन र रवीन्द्र जडेजाले १२ रन बटुले।
बलिङमा दिल्लीका कागिसो रबडाले ३ विकेट लिए भने एनरिच नोर्ट्जेको नाममा २ विकेट रह्यो।