आइपिएलमा साविक विजेता मुम्बई इन्डियन्सले कोलकता नाइटराइडर्समाथि जित हात पारेको छ।
कप्तान रोहित शर्माको उत्कृष्ट ब्याटिङमा मुम्बईले ४९ रनको जित हात पारेको हो।
पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेटको क्षतिमा १९५ रन जोड्यो। उसका लागि कप्तान रोहित शर्माले ८० रनको योगदान दिए। रोहितले ५४ बलमा ३ चौका र ६ छक्का हिर्काए।
सूर्यकुमार यादवले ४७ रन जोडे भने सौभर तिवारीको २१ रन र हार्दिक पाण्ड्याको १८ रन पनि मुम्बईका लागि महत्वपूर्ण रह्यो।
बलिङमा कोलकताका शिभम् माविले २ विकेट लिए। सुनील नारिन र आन्द्रे रसेलले १-१ विकेट हात पारे।
१९६ रनको लक्ष्य पछ्याएको कोलकताले २० ओभरमा ९ विकेटको क्षतिमा १४६ रन मात्र जोड्यो।
उसका लागि पाट कमिङ्ग्सले सबैभन्दा बढी ३३ रन जोडे। उनले १२ बलमा १ चौका र ४ छक्का हिर्काए। कप्तान दिनेश कार्तिकले ३० रन बटुल्दा नितिन रानाले २४ रन जोडे।
बलिङमा मुम्बईका ट्रेन्ट बोल्ट, जेम्स् प्याटिनसन, जसप्रित बुमराह र राहुल चाहरले २-२ विकेट लिए।
आइपिएलमा बिहीबार राती किंग्स-११ पञ्जाव र रोयल च्यालेन्जर्स बेंग्लोरबीच खेल हुनेछ।