२०२० इण्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट प्रतियोगिता सेप्टेम्बर १९ देखि युएई गर्न बाटो खुलेको छ।
आइपिएलको गभर्निङ परिषद्को आइतबारको बैठकले आइपिएल अनुमतिका लागि भारतीय सरकारले ग्रिन सिग्नल दिएको जनाएको छ।
गभर्निङ परिषद्का अनुसार फाइनल नोभेम्बर १० मा हुनेछ। यो वर्षको आइपिएल गत सिजनको भन्दा ३ दिन बढी ५३ दिन चल्नेछ भने ६० खेल हुनेछन्।
आइपिएलका दिउँसका खेल पौने चार बजे र साँझको खेल पौने आठ बजे सुरु हुनेछ।
एक टिममा २४ खेलाडीसम्म राख्न पाइनेछ।
वर्षको टी-२० विश्वकप स्थगित भएसँगै आइपिएल आयोजना गर्न सहज भएको थियो। भारतीय क्रिकेट कान्ट्रोल बोर्डले आइपिएल युएईमा आयोजना गर्न सरकारसँग अनुमति मागेको थियो।
आइपिएलका खेल युएईको दुबई, अबुधावी र शारजाह गरी तीन सहरमा हुनेछन्।
युएई गएपछि क्वारेन्टिन बस्नु पर्ने बाध्यकारी निमय छैन। युएई जानुअघि कोरोना भाइरसको नेगेटिभ नतिजा आउनु पर्नेछ। यस्तै त्यहाँ पुगेपछि अर्को परीक्षण हुनेछ। सो परीक्षणमा पनि नेगेटिभ नतिजा आए क्वारेन्टिनमा बस्नु पर्दैन।