पाकिस्तानका तीव्र गतिका बलरत्रय हसन अली, वाहेब रियाज र मोहमद अमीरले पाकिस्तान क्रिकेट बोर्डसँगको केन्द्रीय सम्झौता गुमाएका छन्। उनीहरु पहिलो श्रेणीको सम्झौताबाट दोस्रो श्रेणीमा झारिएका छन्।
साहीन अफ्रिदी र अजर अली बीबाट एमा उक्लिएका छन्। ए श्रेणीमा बाबर अजाम छन्। जुन वार्षिक ६ हजार २ सय अमेरिकी डलर बराबरको सम्झौता हो।
पाकिस्तानले इमर्जिङ श्रेणी राख्दै हइदर अलि, मोहमद हुसेन र ह्यारिस राउफलाई समावेश गरेको छ। यता नसीम शाहले सी श्रेणीमा समावेश पाएका छन्।
यासिर शाहलाई ए बाट बीमा झारिएको छ। यस्तै इमाम उल हकलाई पनि बीबाट सीमा झारिएको छ। बी श्रेणीका खेलाडीले ४७ सय डलर रकम पाउने गर्छन्।
पाकिस्तानले बाबर अजामलाई एकदिवसीय कप्तान बनाएको छ। उनले सर्फराज अहमेदको स्थान लिएका हुन्।
अजर अली टेस्टको कप्तान हुँदा अजामले टी-२० को कप्तानमा निरन्तरता पाएका छन्।
पाकिस्तानी खेलाडीहरुको सम्झौता