युएसए क्रिकेटले नेपालमा हुने विश्वकप लिग -२ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि राष्ट्रिय टिम घोषणा गरेको छ।
अमेरिकाले ओमान र नेपालविरुद्ध हुने सिरिजका लागि १४ सदस्यीय टिम घोषणा गरेको हो।
नेपालमा हुने सिरिजका लागि अमेरिकाले भारतमा तयारी गर्ने भएको छ। एक साता भारतकको मुम्बईमा तयारी गरेपछि टिम काठमाडौं आउनेछ।
मुम्बईमा अमेरिकाले मुम्बई क्रिकेट एसोसिएनसँग तीन अभ्यास खेल खेल्नेछ। नेपालले भने पोखरामा तयारी गरिरहेको छ। तयारीका क्रममा नेपालले मलेसियाको टिमसँग अभ्यास खेल खेलिरहेको छ।
माघ २२ देखि हुने सिरिजमा तीन टिमले एकअर्काविरुद्ध २-२ पटक खेल्नेछन्। जसमा ६ एकदिवसीय खेल हुनेछन् भने प्रत्येक टिमले ४ खेल खेल्नेछन्।
नेपाल र ओमानविरुद्ध खेल्ने अमेरिकाको टिम
सौरभ नेत्रभाल्कर (कप्तान), स्टेभिन टेलर, करिमा गोरे, इयान हल्यान्ड, अक्षय होमराज, इल्मोर हचिन्सन, आरोन जोन्स, नोस्थुन्स केन्जेगे, जेभियर मार्सल, मोनाक पटेल, नसार्ग पटेल, तिमिल पटेल, क्यामरन स्टेभेन्सन, रस्टी थोरोन