माघ तेस्रो साता कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने त्रिकोणात्मक सिरिजको तयारीमा रहेका नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सम्मिलित क्यान प्रेसिटेन्ड ११ ले अभ्यास खेलमा जित हात पारेको छ।
क्यान ११ ले सोमबार पोखरा क्रिकेट मैदानमा भएको अभ्यास खेलमा मलेसिया सेक्रेटरी ११ लाई १३४ रनले पराजित गर्यो।
पहिले ब्याटिङ गरेको क्यान ११ ले २७६ रन बनाउँदा ४७ ओभरमा अलआउट भयो। आरिफ शेखले १०५ खेलेर १०१ रन जोडे। उनले ७ चौका र ५ चौका हिर्काए।
सन्दीप जोराले ७० बलमा ५८ रन जोडे भने करण केसीले १४ बलमा २५ रन बटुले।
२७७ रनको लक्ष्य पछ्याएको मलेसिया ११ ले ३७.२ ओभरमा अलआउट हुँदा १४२ रन मात्र जोड्न सक्यो।
मलेसियाका लागि इनोल हकिम र साइद अजिजले २८-२८ रन जोडे।
बलिङमा नेपालका करण केसी र कमलसिंह ऐरीले ३-३ विकेट लिए। कुशल मल्लको नाममा २ विकेट रह्यो। अभिनास बोहरा र पारस खड्काले १-१ विकेट हात पारे।