सिजनको पोखरा प्रिमियर लिग (पिपिएल) का लागि ६ फ्रेन्चाइज टिमहरुले खेलाडी रिलिज, रिटेन र नयाँ खेलाडी भित्र्याएका छन्।
मंसिर २८ देखि पोखरामा हुने पिपिएलका लागि सोमबार राजधानीमा ड्राफ्ट भएको थियो। ड्राफ्टमार्तफ पिपिएल खेल्ने टिमले ३-३ जना खेलाडी रिलिज गरेका छन्। यस्तै प्रत्येक टिमले २-२ जना खेलाडी भित्र्याएका छन्।
साविक विजेता पोखरा पल्टनले दिपेश खत्री, विक्रम भुसाल र दिव्यांशु मलिकलाई रिलिज गरेको छ। यस्तै चितवन राइनोजले राष्ट्रिय टिमबाट संन्यास लिइसकेका स्पिनर शक्ति गौचन, आकास थापा र स्वपनिल अधिकारीलाई रिलिज गरेको छ।
बुटवल ब्लास्टर्सले सागर पुन, अनिल खरेल र प्रकास केसीलाई टिमबाट रिलिज गरेको छ भने धनगढी बुल्जले दिलिप नाथ, सन्तोष भट्ट र योगेन्द्र कार्कीलाई आफ्नो टिममा राखेको छैन।
विराटनगर टाइटन्सले हिमांशु दत्त, जितेन्द्र सिंह ठकुरी र रोविन जोशी तथा काठमाडौं गोल्डेन वारियर्सले नरेश बुढाएर, सुधीर चौधरी र सुमित झालाई टिममा समावेश गरेको छैन।
आयोजकका अनुसार यसपटक एक टिमले ३-३ जना विदेशी खेलाडी राख्न पाउनेछन्।
गत सिजन टिममा रहेका १५-१५ खेलाडीमा २-२ जना विदेशी थिए। त्यसैले एक टिमले यसपटक तीन खेलाडी रिजिल गर्दा २-२ खेलाडी मात्र भित्र्याएका हुन्।
नयाँ खेलाडीको रुपमा कुशल मल्ल महँगा बनेका छन्। उनलाई पोखरा पल्टनले १ लाख ५० हजार रुपैयाँमा भित्र्याएको छ। यस्तै विक्रम सोव दोस्रो महँगो बन्दा चितवन राइनोजले १ लाख ३० हजारमा आबद्ध गर्यो। पोखराले कुशलसँगै आकाश चन्दलाई पनि आबद्ध गरेको छ भने चितवनले विक्रम भुसालसँग अनुबन्धन गरेको छ।
काठमाडौंमा पूर्वराष्ट्रिय खेलाडीद्वय सुवास खकुरेल र अमृत भट्टराई आबद्ध भएका छन्।
यस्तै धनगढीले अस्ट्रेलियाबाट खेलिरहेका सुनाम गौतम र अनिल खरेललाई टिममा समावेश गरेको छ भने बुटवलमा शेर मल्ल र कमल खत्री नयाँ खेलाडीका रुपमा आबद्ध भएका छन्। विराटनगरले दिलीप नाथ र लोकेश बमसँग सम्झौता गरेको छ।