बंगलादेशविरुद्धको दोस्रो टेस्टमा भारतले सानदार जित हात पारेको छ। भारतले बंगलादेशलाई १ इनिङ र ४६ रनले पराजित गरेको हो।
पहिलो टेस्टमा पनि विजयी भातरले सिरिज क्लिनस्विप समेत गर्न सफल भयो।
कलकत्तामा भएको टेस्टको दोस्रो इनिङमा बंगलादेश १९५ रनमै अलआउट हुँदा भारतले दोस्रो इनिङ ब्याटिङ नै गर्न परेन।
बंगलादेशका लागि मुस्फिकर रहिमले सबैभन्दा ७४ रन जोडे।
बलिङमा भारतका इशान्त शर्माले ४ र उमेश यादवले ५ विकेट हात पारे।
त्यसअघि भारतले पहिलो इनिङमा ९ विकेटको क्षतिमा ३४७ रन जोडेर इनिङ समाप्तीको घोषणा गरेको थियो। पहिलो इनिङमा भारतका लागि विराट कोहलीले १३६ रन जोडेका थिए। चेतेश्वर पुजाराले ५५ रन र अजिन्का राहाणेले ५१ रन जोडेका थिए।
बंगलादेश भने पहिलो इनिङमा १९५ रनमै अलआउट भएको थियो।
पहिलो इनिङमा भारतका इशान्त शर्माले ५ विकेट र उमेश यादवले ३ विकेट लिएका थिए।
दुवै इनिङमा गरी ९ विकेट लिएका इशान्त म्यान अफ दि म्याच र म्यान अफ दि सिरिज भए।