एसिसी इमर्जिङ टिम्स कपको समूह चरणको अन्तिम खेलमा नेपालले घरेलु टिम बंगलादेश यु–२३ विरुद्ध पहिले ब्याटिङ गरिरहेको छ।
ढाकामा जारी खेलमा टस जितेको बंगलादेशले फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको हो।
यसअघि समूहका २ खेलमा नेपालले एक खेलमा जित र एक खेलमा हार बेहोरेको छ।
नेपालले शनिबार हङकङलाई ४० रनले पराजित गरेको थियो। नेपाल आफ्नो पहिलो खेलमा भारत यु-२३ टिमसँग पराजित भएको थियो।
सोमबार बंगलादेशलाई हराए नेपाल सेमिफाइनल पुग्नेछ।
नेपाली टिममा पूर्व कप्तान पारस खड्का र सन्दीप लामिछाने छैनन्। दुवै जनाले युएईमा हुने टी-१० लिग खेल्नका लागि क्यानसँग अनुमती लिएका थिए।
मंसिर ७ गतेसम्म हुने टिम्स कपमा नेपाल समूह ‘बी’ मा छ। नेपालको समूहमा आयोजक बंगलादेश, भारत र हङकङ छन्।
बंगलादेशविरुद्ध खेल्ने नेपाली टिम :
नेपालविरुद्ध खेल्ने बंगलादेशको टिम