क्रिक्रेटर सन्दीप लामिछानेले अर्का क्रिकेटर खड्कालाई सामाजिक सञ्जाल ट्विटर र इन्स्टाग्राममा फलोब्याक गरेका छन्।
बिहीबार मात्र सन्दीपले पारससँगको फोटो साजाजिक सञ्जालमा पोस्ट गरेका थिए। दुबै खेलाडी टी-१० लिग खेल्न हाल दुबईमा छन्। उनले पारसँग सँगै हुँदा खुसी लागेको भन्दै खेलका लागि शुभकामना दिएका थिए। शुक्रबार बिहानै सन्दीपले पारसलाई फलो गरेका हुन्।
सन्दीपले माइको ब्लगिङ ट्विटरमा साइटमा आए लगत्तै पारस फलो गरेका थिए। तर उनले केही सयम पारसलाई अनफलो गरेका थिए। सामाजिक सञ्जालहरुमा पारसलाई अनफलो गरेको विषयमा फ्यानहरुलाई सन्दीपलाई 'ट्रोल' गरेका थिए। साथै नेपाली क्रिकेटका समर्थकहरुले पारस र सन्दीपबीचको सम्बन्धमाथि प्रश्न उठाएका थिए।
सेतोपाटीसँग टी-१० लिग खेल्न जानु अघि दिएको अन्तर्वार्ताका क्रममा पारससँग आफ्नो सम्बन्ध राम्रो रहेको बताएका थिए। साथै ट्विटरमा अनफलो गरेको विषयलाई 'व्यक्तिगत' भनेका थिए।
यो पनि : एटिट्युडकै कारण म यहाँसम्म आइपुगेको हुँ: सन्दीप लामिछाने