बंगलादेशमा बिहीबारबाट सुरु एसिसी इमर्जिङ टिम्स कपमा नेपालले भारतको यु-२३ टिमसँग प्रतिस्पर्धा गरिरहेको छ।
ढाकास्थित बंगलादेश क्रिरा शिख्खा प्रोटिस्थान क्रिकेट मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ।
खराब सुरुवात गरेको नेपालका कप्तान ज्ञानेन्द्र मल्ल शून्यमा आउट भएका छन्।
खेलमा कुशल भुर्तेलले राष्ट्रिय टिममा डेब्यू गरेका छन्।
टिममा पूर्व कप्तान पारस खड्का र सन्दीप लामिछाने छैनन्। दुवै जनाले युएईमा हुने टी-१० लिग खेल्नका लागि क्यानसँग अनुमती लिएका थिए।
मंसिर ७ गतेसम्म हुने टिम्स कपमा नेपाल समूह ‘बी’ मा छ। नेपालको समूहमा आयोजक बंगलादेश, भारत र हङकङ छन्।
एकदिवसीय प्रतियोगितामा टेस्ट राष्ट्रका यु–२३ टिमले प्रतिस्पर्धा गर्नेछन् भने नेपाल लगायतका एसोसिएट देशको राष्ट्रिय टिमले भाग लिनेछन्।
नेपालले दोस्रो खेल हङकङसँग कात्तिक ३० गते र समूह चरणको अन्तिम खेल बंगालेशसँग मंसिर २ गते हुनेछ।