इंल्याण्डलाई पहिलोपटक विश्वकप क्रिकेटको उपाधि जिताएका कप्तान इयोन मोर्गानले बंगलादेश प्रिमियर लिग (भिपिएल) खेल्ने पक्का भएको छ। उनले ढाका डाइनामाइट्सका लागि खेल्नेछन्।
'हामीले आगामी सिजनका लागि मोर्गानसँग सम्झौता गरेका छौं। हामी उनी पूरा सिजनका लागि उपलब्ध हुनेमा आशावादी छौं', डाइनामाइट्सका मुख्य कार्यकारी निर्देशक ओबैद निजामले भने।
उनले सो टोलीमा बंगलादेशका अलराउण्डर शाकिब अल हसनसँग खेल्नेछन्। शाकिबको कप्तानीमा सो क्लब २०१६ मा लिग विजेता बनेको थियो।
'हामीले कप्तानीको बारेमा सोच्नुपर्नेछ किनकी तपाईंलाई त थाहै होला हामीसँग लामो समयदेखि कप्तानी गरिरहेका शाकिब छन्', निजामले भने।
डाइनामाइट्स पछिल्लो २ संस्करणमा फाइनलमा पुगेपनि उपाधि जित्न असमर्थ रहेको थियो।
अब मोर्गानको आगमनले उपाधिको चाहनालाई पूरा गर्ने अपेक्षा गरिएको छ।